इटहरीः चर्चाको शिखर चुम्दै गरेका गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा नेपाल आइडल सिजन ३ का फस्र्ट रनरअप किरण भुजेल र एलिना चौहानको स्वर सजिएको नयाँ स्वादको गीत “कान्छी मट्याङ ट्याङ”को भिडियो बिहिबार(हिजो) युटुब मार्फत सार्वजनिक भएको छ ।

बिहीबार रिलिज “कान्छी मट्याङ ट्याङ” बोलको गीतमा सुनिल कटुवालको शब्द रहेको छ । घिमिरेको संगीत रहेको गीत डान्सिङ प्याटर्नमा आधारित छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा पछिल्लो समयका लोकप्रिय डान्सर अजय श्रीस, श्रेया सिटौला , एलिना चौहान र किरण भुजेल फिचर्ड छन् । अजयको यो दोस्रो म्युजिक भिडियो हो। पहिलो भिडियो “ज्यान दिन राजी भाको छु” बाट दर्शकको मन जितेक उनले यस् भिडियोमा पनि उत्कृष्ट अभिनयसंगै डान्स प्रस्तुत गरेका छन् ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । एउटा प्रेमिल जोडीको प्रेम कथा, जसमा प्रेमीले प्रेमिका फकाउन गर्ने अनेक क्रियाकलापलाई भिडियोमा देखाइएको छ। उत्सव दाहालले आकर्षक फ्रेममा खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो किरण भुजेलको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। संगीतमा मास्टर डिग्री गरेका युवा पुस्ताका गायक तथा संगीतकार घिमिरेका यसअघि दर्जनबढी गीतहरु दर्शक श्रोता सामु आइसकेका छन् । मोरगंको सुन्दरहरैंचा घर भएका घिमिरेका दुई गीत भोलि अर्थात शनिवार कोशी र इटहरी लगायत क्षेत्रमा सुटिंग हुदैछ । हेर्नुस् भिडियो।