अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउँने अभियानमा छौँःउपप्रमुख पराजुली

  • मंसिर १९, २०७७
  • १७४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

बेलबारीः बेलबारीमा २९ औँ अपाङ्गता दिवस मनाइएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बेलबारी अपांगता संघ र मोरङ नेत्रहीन संघको आयोजनामा उक्त कार्यक्रम संचालन भएको हो। बेलबारी नगरपालिकाका हरेक अपाङ्गता भएका व्यक्तिहरुका घरघरमा पुगेर हाते पर्चासहित अपांगता भएका व्यक्तिहरुका समस्या बुझ्ने र कोरोनासम्बन्धी सचेतता प्रदान गरिने कार्यक्रम रहेको मोरङ नेत्रहीन संघकी अध्यक्ष सावित्रा कोइरालाले बताइन्।
कार्यक्रममा शुभकामना प्रदान गर्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले अपाङ्गता भएका नागरिकहरुलाई समाजमा सम्मानित जीवनयापन गर्ने अवसर प्रदान गर्न स्थानीय सरकार कटिबद्ध भइ लागेको बताइन्।

बेलबारी नगरपालिकाको सिङ्गो जनसंख्याको दुई प्रतिशत जनसंख्या ओगटेका अपांगता भएका व्यक्तिहरुको कष्टकर जनजीवन जनप्रतिनिधि आएपश्चात निकै सहज भएको छ।नेपालको संविधानमा उल्लेख भए बमोजिम अपाङ्गगता भएका व्यक्तिहरुको निशूल्क स्वास्थ्य शिक्षा आदिको सुनिस्चितताका लागि स्थानीय सरकार सदैव सचेत र उदार रहेको छ। हामी(स्थानीय सरकार)अपाङ्गता भएका व्यक्तिहरुको रुचि,सीप, क्षमताको पहिचान गरि उद्धमशीलताका माध्यमबाट आत्मनिर्भर बनाउँने अभियानमा छौँ तपाईंहरु ढुक्क हुनुहोस् स्थानीय सरकार कुशल अभिभावकको भूमिका निर्वाह गर्न सधैँ तयार छ। उपप्रमुख पराजुलीले भनिन्।
बेलबारी अपांङ्गता संघका अध्यक्ष भोजराज भुजेलको अध्यक्षता आयोजित कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस

रकम अभावमा हड्डीको क्यान्सरबाट पीडित बालिकाको उपचार प्रभावित

इटहरीः खोटाङको नुन्थला १३ घर भएकी हड्डीको क्यान्सरबाट पीडित १० वर्षीया बालिका सरिता विश्वकर्मालाई उप ...

दाहसँस्कार भइसकेको राजतन्त्र ब्युँताउनु निरर्थकः पहाडी

इटहरीः सुनसरीको इटहरीस्थित कबिर माध्यमिक विद्यालयमा आज मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाले एक ...

वियोगान्त प्रेमकथामा उदय भट्टराईको "किन माया लाउँछ" सार्बजनिक (भिडियो सहित)

इटहरीः धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved