इटहरीः इटहरीमा जनस्तरबाट नै पाँच सय सैयाको अस्पतालको निर्माण गरिने भएको छ । जनस्तरबाट बन्न लागेको सो अस्पतालको लागि हाल उपयुक्त जग्गाको खोजि सुरु भएको छ । केहि समय अगाडि भएको छलफलमा इटहरी उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन निर्देशन गरिएको थियो । तर, त्यो जग्गा उपयुक्त नभएपछि शुक्रबार (हिजो) अस्पतालको लागि आवश्यक उपयुक्त जग्गा खोजी गर्न समिति बनाईएको छ ।

 श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका उपाध्यक्ष हेम घिमिरेले नगरले उपलब्ध गराएको जग्गा अस्पतालको लागि उपयुक्त नभएकोले पुनः जग्गा खोज्न उपमहानगरका प्रमुखको नेतृत्वमा जग्गा खोजीको लागि समिति बनाएको जानकारी दिए । ‘हामीले पहिले इटहरी उपमहानगरपालिकालाई जग्गा खोज्न अनुरोध गरेका थियौँ । उपमहानगरले हामीलाई इटहरीको वडा नम्बर १० र ११ मा जग्गा देखाउनुभयो । तर, त्यो जग्गा अस्पतालको लागि उपयुक्त नभएपछि हामीले नयाँ जग्गा खोज्न समिति बनाएका छौँ । जुन समितिमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीको संयोजकत्वमा ११ सदस्य समिति बनाएका छौँ । समितिमा नगरका राजनितिज्ञ तथा अन्य व्यक्तहरुलाई समाबेश गरेका छौँ’, घिमिरेले भने ।

घिमिरेले सो समितिले जग्गा उपलब्ध गराउने वित्तिकै अस्पताल निर्माणको काम अगाडि बढ्ने जानकारी दिए । साथै उनले प्रारम्भिक रुपमा सो अस्पतालमा कोरोना संक्रमतिलाई राख्न कोभड अस्पतालको रुपमा निर्माण गरिने बताए । ‘जग्गा खोज समितिले हामीलाई उपयुक्त जग्गा देखिउने वित्तिकै हामी अस्पताल निर्माणको कामलाई तिब्रता दिने छौँ । शुक्रबार (हिजो) बनको सो समितिले जग्गा खोज्ने काम अगाडि बढाएको छ । सुरुमा हामी एक सय बेड क्षमताको अस्पताल निर्माण गर्छौँ । जुन चाहिँ हामीले कोरोना संक्रमित विरामीको उपचारको लागि भनेका छौँ । एक सय बेडको अस्पताल बनेपछि हामी त्यो अस्पताललाई प्रदेश वा स्थानीय सरकारलाई बुझाउँछौँ । जुन अस्पताल कोरोना संक्रमितको उपचारको लािग हुने छ’, उनले भने ।

hospital-itahari-2

घिमिरेले एक हप्तादेखि १५ दिन भित्रमा सो समितिले जग्गाको टुङ्गो लगाउने जनाकारी दिए । साथै उनले प्रारम्भिक रुपमा कोभिड अस्पतालको रुपमा निर्माण गरिने सो अस्पताललाई कोरोना नियन्त्रण पछि तुरुन्तै पाँच सय बेडको अस्पतालमा परिणत गर्ने जानकारी दिए । सो अस्पतालको सञ्चालनार्थ खर्च ३ अरब लाग्ने अनुमान गरिएको पनि घिमिरेले जानकारी दिए । अस्पतालमा पाँच सय बेड क्षमताको भौतिक संरचना सहित धर्मशाला र अन्य संरचना पनि निर्माण गरिने तयारी रहेको घिमिरेल जानकारी दिए ।

‘हामीले यो अस्पतालमा पाँच सय बेडको संरचना मात्रै नभएर धर्मशाल, आफ्नो घर पनि सञ्चालनमा ल्याउने तयार गरेका छौँ । आफ्नो घर, भारतमा ‘आप्ना घर’ भन्ने एउटा अवधारण छ । जुन नेपालमा छैन । त्यहाँ परिवार गुमाएका, बेवारिसे, सडकमा बस्ने, मानसिक सन्तुलन गुमाएका र घर परिवार विहिन भएकालाई राख्ने प्रवन्ध हुन्छ । हामीले त्यस्तै व्यवस्था रहनेगरि आफ्नो घर भनेर सञ्चालनमा ल्याउन लागेका छौँ’, उनले भने । साथै सो अस्पतालमा सम्पुर्ण लगानि जनताको रहने उनले जनकारी दिए ।‘यो अस्पताल सम्पुर्ण जनताको सहयोगमा निर्माण हुन्छ । प्रणामि प्रतिष्ठान नेपालको संयजकत्वमा अस्पताल निर्माण हुने छ’, उनले भने ।