इटहरीः प्रदेश १ आज एक सय ६५ जना नयाँ कोरोना सङ्क्रमितको पहिचान भएको छ ।

सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, सङ्खुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ३ जना, मोरंगको विराटनगरमा २८, सुन्दरहरैँचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बूढीगङ्गामा २–२, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५, भद्रपुर र बिर्तामोडमा ४–४, मेचीनगरमा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति र कनकाईमा १–१, सङ्खुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २, कुम्मायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४१५ पुगेको छ । प्रदेश १ मा आज ९७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ९१, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार ३४३ पुगेको छ । प्रदेश १ मा आज ८५४ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९७ हजार ६३८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।