इटहरीः आज देशभर एक हजार ५६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टाको अवधिमा गरिएका ६ हजार दुई सय ८६ स्वाब नमुनाको पीसीआर परीक्षणको नतिजा अनुसार यो संख्यामा संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पहिचान भएका संक्रमितमध्ये पुरुषको संख्या ६ सय ७० र महिलाको संख्या तीन सय ८६ रहेको छ ।

यससँगै देशभर हालसम्म कुल दुई लाख ४४ हजार चार सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । संक्रमितमध्ये २४ घण्टाभित्र एक हजार चार सय ८३ जना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । संक्रमण निको हुने दर ९४.३ प्रतिशत पुगेको छ ।

आज देशभर १४ जना संक्रमितको ज्यान गएको छ । यससँगै देशभरमा मृतक संक्रमितको कुल संख्या एक हजार ६ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १२ हजार दुई सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।