इटहरीः झापाको मेचीनगर नगरपालिका ८ स्थित इँटाभट्टामा स्थापित जडिबुटी प्रशोधन केन्द्रको आज उद्घाटन सम्पन्न भएको छ ।
प्रदेश सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्बो र भूमि व्यवस्था राज्यमन्त्री रामबहादुर रानामगरद्वारा संयुक्त रुपमा उद्घाटन गरिएसँगै केन्द्र सञ्चालनमा आएको छ । एक करोड २३ रुपैयाँको लागतमा स्थापित प्रशोधन केन्द्रको स्थापनाका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ उपलब्ध गराएको हो भने बाँकी रकम महेन्द्रद्वार सहकारी संस्थाको पहलमा जुटाइएको हो ।
आठ कठ्ठा क्षेत्रफलमा फैलिएको यस केन्द्रमा औषधिय गुण भएका वनस्पतिको प्रशोधन कार्य गरिने निर्माण पक्षले बताएको छ ।