इटहरीःसंखुवासभाका एक नव जोडीले उदाहरणीय काम गरेका छन् । संखुवासभाको चैनपुर नगरपलिका वडा नम्बर ९ बस्ने रमेश कार्की र सुनीता थापाको जोडीले आफ्नो विवाहको खर्च कटाएर विद्यालयलाई एक लाख सहयोग गरेका हुन् । उनिहरुले सोहि ठाउँमा सञ्चालनमा रहेको श्री शारदा माद्यामीक विद्यालय त्रिशुलेमा २ सञ्चालन गर्न सहयोग गरेका हुन् ।

उनिहरुले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाखमान तामाङलाई हस्तान्तरण गरेका थिए । कक्षा १० सम्म सोही विद्यालयमा अध्ययन गरेका रमेश अहिले नेपाल सरकारको चौथो तहका कर्मचारी हुन् । रमेशले गत मंसिर १८ गते प्रदेश १ को उदयपुर स्थायी घर भइ काठामाण्डौ वस्दै आएकि सुनिता थापासँग विवाह गरेका थिए ।