इटहरीः इटहरी लेडी जेसिजको १९ औँ शाखा अधिवेशन हिजो शुक्रबार सम्पन्न भएको छ ।

अध्यक्ष, निवर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, लेडी जेसिजको पूर्वअध्यक्ष क्लबका अध्यक्ष, मानार्थ सदस्यहरु, जेसिजका मनोनित सदस्यहरु, साधारण सदस्यलगायत बोर्डका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको अधीवेशन तीन दिनसम्म लगातार चलेको थियो । उक्त कार्यक्रममा पहिलो दिन मतदाता नामावली प्रकाशन, दोश्रो दिन साधारणसभा सुरु साथै उम्मेदवारी दर्ता, उम्मेदवारीलाई तालिम कार्यक्रम सम्पन्न भएको थियो । अन्तिम दिन शुक्रबार वर्ष २०२१ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

130269783_2501670166800894_8112570174290546686_n

वर्ष २०२१ को अध्यक्षमा जेसी गीता गौतम, कार्यकारिणी उपाध्यक्षमा क्रमशः जेसी पुष्पा अधिकारी लुइँटेल र जेसी सुमिता कार्की सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा जेसी सुनिता ढकाल काफ्ले , जेसी रीता राउत, जेसी चन्द्रकला गुरुङ र जेसी धनु राई साथै सचिवमा जेसी सुनिता दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । उक्त निर्वाचनकी निर्वाचन अधिकृत पूर्वअध्यक्ष जेसी मीनू न्यौपाने रहेकी थिइन् भने कार्यक्रमको अध्यक्षता जेसी रोशना थापाले गरेकी थिइन् । उक्त शाखा सम्मेलनकी निर्देशक कार्यकारिणी उपाध्यक्ष जेसी इन्दिरा काफ्ले रहेकी थिइन् ।