इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको गएराति ज्यान गएको छ ।
मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका ५ घर भएकी ५५ वर्षीया महिला रहेको अस्पतालका प्रबन्धक नारायाण दाहालले बताए । उनका अनुसार गत मंसिर २१ गते गरिएको पीसीआर परीक्षणको नतिजा अनुसार संक्रमण पुष्टि भएपछि उपचारार्थ नोबेलमा भर्ना भएकी महिलालाई आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा उपचारका क्रममा उनको गएराति करिब ११ः३० बजे ज्यान गएको हो ।
मृतक महिलामा अन्य कुने दीर्घ रोग नभएको बताउँदै प्रबन्धक दाहालले स्वासप्रस्वासको कठिनाइ, ज्वरोजस्ता लक्षण देखिएको र स्वास्थ्य अवस्था जटिल बनेकाले उपचारका बाबजुद बचाउन नसकिएको उल्लेख गरे ।