इटहरीः प्रदेश १ मा आज एक सय छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको छ । प्रदेश १ मा आज ७८ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ७२, मेची अस्पतालबाट ४ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार नौ सय १६ पुगेको छ । प्रदेश १ मा आज छ सय ७४ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।