पृथ्वी प्राणीजगतको सुन्दर घर हो । प्राणीहरूकै घर रहेको पृथ्वी जोगाउन सर्वोत्कृष्ण प्राणी मानवजातिको प्रमुख दायित्व रहेको छ । अहिले मानवीय कारणले प्रकृति विनाशतर्फ उन्मुख छ । विकासका नाममा होस् या आफूलाई शक्ति राष्ट्र देखाउने होडबाजीमा किन नहोस् विभिन्न आणबिक हतियार प्रदर्शन जारी छ ।

यति सुन्दर प्रकृतिलाई उकुसमुकुस बनाउने काम मानिसकै व्यवहारले गरेको छ । जसका कारण पृथ्वीको आयुु पनि छोटो हुँदै जाँदैछ । अहिले विश्वमा वातावरण बचाउने कार्यलाई तीव्र प्राथमिकतामा राखिएको छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र विकासका काम गर्ने अभ्यास विकसित राष्ट्रले गरिसके । हामी उक्त विषयमा निकै पछि छौँ । बरु हामी सडक बनाउने नाममा धमाधम अग्ला पहाड भत्काउँदै छाँै । त्यसको दीर्घकालीन असरका बारेमा कुुनै इन्जिनियरिङ नै नगरी सडक निर्माण इन्जिनका चालक नै प्राविधिक बन्ने गरेका छन् । इन्जिनियरको काम पनि डोजर चालकले नै गर्न थालेपछि बर्सेनी पहाडी क्षेत्रको सडक भत्किइरहेको छ । यसले खर्चमाथि खर्च थुुपारेको छ भने दीर्घकालीन विकासमा बाधा पुु¥याएको छ । जसका कारण पृथ्वीको विनाश जारी रहेको देखिन्छ ।

पछिल्ला दिनमा पृथ्वीको भूमिगत पानीको सतह घटिरहेको छ । विभिन्न कारणले चौतर्फी आक्रमणमा परेको पृथ्वीको भित्री सतहको पानी घट्नुु निकै घातक विषय हो । जमिनको तापक्रम सन्तुलनमा राख्न भूमिगत पानीले महत्वपूर्ण भूमिका खेल्छ । तर सोही पानीको सतह काम हुँदै जाँदा तराइ क्षेत्रमा ट्युबेल तथा इनारको पानी रित्तिएको जस्तो भएको छ । अहिले खोला तथा नदीमा बाढीको सतह बढ्ने एउटै कारण हो हामीले बनाउने ढलानसहितका संरचना । घर, पुल पुलेसो, सडक बनाउँदा हामीले ढलान गर्ने गर्छौँ । यसले पनि पानीको मात्रा सिधै जमिनमा जान दिँदैन । अहिले आकाशबाट झर्ने पानी ढलको माध्यमबाट खोलामा पुुग्छ । यसले खोलामा जाने पानीको मात्रा बढ्दै छ । पहिले जमिनले सोस्ने पानी अहिले सोस्न पाउँदैन । यसले गर्दा पनि ढलान भएको क्षेत्रबाट जमिन मुनि पानी पुुग्न पाउँदैन । रिचार्ज हुुन पाउँदैन । तसर्थ, हामीले बनाएका घरहरूमा रिचार्ज गर्ने स्थान अर्थात् ढलान नगरेको खुला क्षेत्र राख्नुुपर्ने आवश्यकता रहेको हो । धरान उपमहानगरपालिकाले घर बनाउँदा अनिवार्य रिचार्ज स्थान बनाउनुुपर्ने नियम लागू गर्न घर बनाउने प्राविधिकलाई तालिम नै दिएको छ ।

अब घर बनाउने कामदार तथा प्राविधिक पनि यस विषयमा जिम्मेवार बन्नुपर्छ । नगरपालिकाको यो उदाहरणीय काम हो । अब नगरपालिका मात्र जिम्मेवार बन्ने होइन, हरेक नागरिक वातावरण जोगाउने काममा जिम्ममेवार भएर लाग्नुुपर्छ । हरेक नागरिक आफँै सक्रिय भएर नलागे र प्रकृतिको महत्वबारे जानकारी नलिए उसले सन्ततिका लागि स्वस्थ्य वातावरण हस्तान्तरण गर्दैन । त्यसैले हरेक नागरिक आजैदेखि जिम्मेवार बनौँ । पृथ्वीको तापक्रम सन्तुलन राख्न सबैले आआफ्नो दायित्व निर्वाह गरौं ।