इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका १२ घर भएका ६३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले बताए । उनका अनुसार हिजो बिहीबार कोरोना संक्रमण पुष्टि भई उपचारार्थ सोही दिन प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान ८ः१० बजे ज्यान गएको हो । मृतक पुरुष लामो समयदेखि मुखको क्यान्सरबाट पीडित रहेको सहप्रवक्ता पोख्रेलले स्पष्ट पारे ।