इटहरीः प्रदेश १ मा आज थप १३ जना नयाँ कोरोना सङ्क्रमितको पहिचान भएको छ ।
प्रदेशभरका विभिन्न प्रयोगशालामा आज गरिएका एक सय ६९ जनाको पिसिआर परीक्षणको नतिजा अनुसार १३ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुमा झापाका पाँच, मोरङका चार, धनकुटाका तीन र सोलुखुम्बुका एक जना रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ९ हजार ६ सय २७ पुगेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा एक सय ३९ जना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशभर निको हुने संक्रमितको कुल संख्या २६ हजार आठ सय ४९ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।