इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

संक्रमितमध्ये १८ जना पुरुष र १२ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज प्रदेशभरका विभिन्न प्रयोगशाला गरिएका चार सय २१ स्वाब नमुनाको पीसीआर परीक्षणको नतिजा अनुसार ३० जना संक्रमितको पहिचान भएको हो । यसका साथै प्रदेश १ मा हालसम्म कुल २९ हजार सात सय २९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये आज दुई सय ५३ जना निको भएका छन् ।

विभिन्न कोभिड अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका संक्रमित निको भएका हुन् । यससँगै प्रदेशभर निको हुने संक्रमितको कुल संख्या २७ हजार आठ सय ७० पुगेको मन्त्रालयको तथ्याङ्क छ । हालसम्म प्रदेश १ मा दुई लाख आठ हजार एक सय ५८ स्वाब नमुनाको पीसीआर परीक्षण गरिएको छ ।