इटहरीः प्रदे्श १ मा आज ३० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
प्रदेश १ का विभिन्न प्रयोगशालामा आज गरिएका तीन सय २८ स्वाब नमुनाको पीसीआर परीक्षणको नतिजाका आधारमा ३० जना संक्रमितको पहिचान भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये २३ जना पुरुष र सात जना महिला रहेका छन् । यससँगै प्रदेशभर संक्रमितको कुल संख्या २९ हजार ८४३ पुगेको मन्त्रालयको भनाइ छ । आज थपिने संक्रमितहरुमा विराटनगरका १०, बुढीगंगाका ४, लेटाङका २, सुनसरीको इटहरीका ४, धरानका २, रामधुनी र हरिनगरका १–१, झापाको विर्तामोडका २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकाका १–१ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।
जिल्लागत रुपमा मोरङका १६, सुनसरीका ८, झापाका ६ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये आज प्रदेशभर ९५ जनाले कोरोनालाई परास्त गरेका छन् । आज निको हुने संक्रमितहरुमा होम आइसोलेसनमा रहेका ८६ जना, कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत रहेका ८ जना र विराट मेडिकल कलेजमा उपचाररत रहेका १ जना रहेका छन् । यससँगै प्रदेशभर कोरोनामुक्त हुनेको कुल संख्या २८ हजार ५२५ पुगेको मन्त्रालयको तथ्याङ्क छ । हालसम्म प्रदेशभर दुई लाख नौ हजार दुई सय ३९ स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।