इटहरीः कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा दुईजनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ २० देशका० ३१५ पुगेको छ । संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा १८ सय ७० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार ४ सय ३८ छ । दुई लाख ५३ हजार ८ सय ५७ जना अर्थात् ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोनाविरुद्धको खोप आउन सक्ने
हाल विश्वका केही मुलुकहरुले फाइजर एन्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरणसमेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिलदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना छ ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायतलगायत मुलुकमा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता रहेको समितिले औंल्याएको छ ।