इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ११ घर भएका १८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले बताए । उनका अनुसार गत पुस ११ गते संक्रमण पुष्टि भई उपचारार्थ सोही दिन प्रतिष्ठानमा भर्ना भएका पुरुषलाई आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा आज बिहान ७ः३० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मृतक संक्रमितमा कुनै दीर्घरोग नभएको सहप्रवक्ता डा.पोख्रेलको भनाइ छ ।