इटहरीः त्रिभूवन विश्वविद्यालयको कानुनशास्त्र संकायअन्तर्गत काठमांडौस्थित नेपाल ल क्याम्पसले शैक्षिक सत्र २०७५ ७६ को भर्नाका लागि यसअघि प्रवेश परीक्षाको आवेदन दिइसकेका विद्यार्थीहरुका लागि तीन वर्षे एलएलबी प्रथम वर्षमा भर्ना लिन प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

आगामी माघ १७ गते शनिबार दिनको १ बजेदेखि ४ बजेसम्म तीन घण्टा अवधिको प्रवेश परीक्षा सञ्चालन गरिने क्याम्पसले जनाएको छ । परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्रसमेत निर्धारण गरिसकेको क्याम्पसले आज सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी दिएको हो । क्याम्पसद्वारा प्रकाशित सूचना अनुसार नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा सञ्चालन हुने भएको छ ।

क्याम्पसले त्रिभुवन विश्वविद्यालयले निर्धारण गरे अनुसार ६ सय जना विद्यार्थी मात्र भर्ना लिन सकिने भएकाले एलएलबी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य रुपमा उत्तिर्ण गर्नैपर्ने जनाएको छ ।

 

llb suchana.