इटहरीः पछिल्लो २४ घण्टामा नेपालमा चार सय १२ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा आज गरिएका पाँच हजार एक सय ३२ स्वाब नमुनाको पीसीआर परीक्षणको नतिजा अनुसार यो संख्यामा संक्रमितको पहिचान भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या दुई लाख ६३ हजार छ सय पाँच पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये पछिल्लो २४ घण्टामा चार सय ८३ जना सङ्क्रमित निको भएपछि देशभर संक्रमणमुक्त हुनेको कुल संख्या दुई लाख ५६ हजार छ सय ४४ पुगेको छ । आज देशभर चार जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । यससँगै देशभरका मृतक संक्रमितको संख्या एक हजार नौ सय तीन पुगेको छ । हाल देशभर पाँच हजार ५८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।