इटहरीः गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको ‘मिठो मिठो माया’ गीतको भिडियो क्रान्ति सुब्बा युटुबमार्फत् सार्वजनिक भएको छ ।

मायालु जोडी बीचको त्रिकोणात्मक प्रेमलाई गीतमा समेटिएको छ । प्रकाश बटालाको शब्द तथा पुष्कर सुनारको संगीत संयोजन गीतमा रहेको छ ।

दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ‘मिठो मिठो माया’ गीतको भिडियोमा दिनेश कडायत र रुपा मगरको अभिनय रहेको छ ।