इटहरीः पछिल्लो २४ घण्टामा देशभर चार सय ८८ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा आज गरिएका तीन हजार तीन सय नौ स्वाब नमुनाको पीसीआर परीक्षणका आधारमा यो संख्यामा संक्रमितको पहिचान भएको मन्त्रालयको भनाइ छ । संक्रमितमध्ये आज देशभर पाँच सय १३ जना निको भएका छन् । यससँगै निको हुने संक्रमितको कुल संख्या दुई लाख ५८ हजार नौ सय ६८ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

आज नेपालमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै देशभर मृतक संक्रमितको कुल संख्या एक हजार नौ सय २७ पुगेको छ । हाल नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय संक्रमितहरु रहेका छन् ।