इटहरीः समुदायलाई प्रहरी एक असल साथी हो भन्ने आभास दिलाउन प्रहरीले सुरु गरेको कार्यक्रम हो समुदाय–प्रहरी साझेदारी कार्यक्रम ।

यति मात्र होइन, प्रहरीले नियमित गर्ने कामका अतिरिक्त सुमदायमा पर्ने अन्य समस्यामा ‘पार्टनरर्सीप’ गर्नु पनि यो कार्यक्रमको उद्देश्य हो । तर लामो समयसम्म कोरोना महामारीले प्रभाव पार्दा यो कार्यक्रम सुस्ताएको थियो । अहिले कोरोना महामारी केही कम भएको छ र समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पुनः गति लिन थालेको छ । कोरोना महामारीले अरु क्षेत्रजस्तै यो कार्यक्रमलाई पनि प्रभाव पारेको तर अहिले प्रभाव कम हुँदै गएकाले कार्यक्रमलाई निरन्तरता दिन लागिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायबउपरीक्षक (डिएसपी) अर्जुन केसी बताउँछन् ।

उनले समुदायमा सहयोग मात्र नभएर यस कार्यक्रममार्फत् बढ्दो प्रविधिको प्रयोग र त्यसको उचित प्रयोग नहुँदा हुने दुर्घटनाका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए । उनले यो कार्यक्रमले थाहा पाएर अपराध गर्नेलाई भन्दा अन्जानमा गल्ति गर्नेलाई सजग बन्न सहयोग पुग्ने विस्वाश व्यक्त गरे । कोरोनापछि प्रहरीले पहिलो पटक रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीको समन्वयमा इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा सहभागि भएका समाजसेवी बाबुराम प्रधानले प्रहरी र समुदायको साझेदारी देख्दा खुसी लागको बताए । यसरी साझेदारीमा काम गर्दा समुदायको कुरा प्रहरी र प्रहरीको कुरा समुदायलाई थाहा हुने उनको भनाइ छ ।

blood donation

 

२०४५ सालमा पहिलोपटक रक्तदान गरेका उनले अहिलेसम्म एक सय १७ पटक रक्तदान गरिसकेको जानकारी दिए । उनले रक्तदान गर्दा आफूलाई कुनै नकरात्मक प्रभाव नपर्ने भन्दै सबैलाई रक्तदान गर्न अनुरोध गरे । समुदाय–प्रहरी कार्यक्रमबाट स्थानीय सरकारसँग समन्वय गरेर धेरै काम गरिसकिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतमले जानकारी दिए । उनले दुवै पक्षलाई आवश्यक सूचना नविनतम प्रणालीबाट कसरी संकलन गर्ने भन्ने बारेमा आफू लागिपरेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीका सभापति विमल पौडेलले प्रहरीले नै रक्तदान गर्दा समुदायमा यस प्रतिको उत्साह झन बढ्ने भन्दै खुसी व्यक्त गरे । साथै उनले प्रहरीसँग मिलेर काम गर्न पाउँदा आफू पनि खुसी भएको बताए । एक साताअगाडि इलाका प्रहरी कार्यालय इटहरी र इटहरी उपमहानगरपालिकाका १६ वटा वडा संयोजकको भेलाले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो । भेलाले कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै वडाहरुमा टोल समिति निर्माणको कामलाई सक्ने, ब्यानर बनाउने र कार्यक्रमहरु बनाएर सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

helth testing