इटहरीः गायक तथा सर्जक पदम नेपालीको शब्द र दीप्लव खातीको संगीतमा मौलिक गीत ‘कान्छु भनेर’ सार्वजनिक भएको छ ।

दमौलीको सुन्दर ठाउँ रामथुम्कीमा छायांकन गरिएको गीतमा पदम र दीप्लवसहित जुना श्रीषमगरको आवाज रहेको छ । गीतमा डोलराज बाह्रघरे मगरको एरेन्ज तथा कुमार रानाको मिक्सिङ रहेको छ भने गीतको अडियो मारुनी डिजिटलले उत्पादन गरेको हो । भूपेन थापाले क्यामरामा कैद गरेको भिडियोलाई सुवास अम्गाईले सम्पादन र साजन थापाले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

लायन किङ टंकु र निर्मला नेपाली म्युजिक भिडियोका निर्माता रहेका छन् । पछिल्लो समयकी चर्चित मोडल उर्मिला गुरुङ र गायक तथा सर्जक पदम नेपालीलाई गीतको अभिनयमा देख्न सकिन्छ ।