इटहरीः गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ‘सरल छ, सुगम छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रभाकर पाण्डेको शब्द तथा संजय श्रेष्ठको संगीत रहेको छ । भगवानप्रतिको आस्था र विश्वासलाई गीतमा समेटिएको छ । सुरश शाहीको छायाँकनमा वीरेन्द्रभाट ‘विपिन’ को सम्पादन र शंकर अधिकारी ‘घायल’ को लेखन र निर्देशन गीतमा रहेको छ । भिडियोमा रोशिका राय, प्रीतिका शर्मा र सन्जिव कार्कीको अभिनय रहेको छ ।