इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

संक्रमितमध्ये महिलाको संख्या ११ र पुरुषको संख्या १४ रहेको छ । प्रदेशभरका विभिन्न प्रयोगशालामा आज गरिएका पाँच सय ७३ ओटा स्वाब नमुनाको पीसीआर परीक्षणको नतिजा अनुसार यो संख्यामा संक्रमिको पहिचान भएको हो । मोरङका १०, झापाका पाँच, सुनसरीका दुई, भोजपुर, ते¥हथुम र पाँचथरका एक एक र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरी र बराहक्षेत्रमा एक एक, मोरङको विराटनगरमा चार, ग्रामथानमा दुई, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा एक एक, झापाको बुद्धशान्तिमा दुई, गौरीगञ्ज, भद्रपुर र विर्तामोडमा एक एक, भोजपुरको भोजपुर नगरपालिका, ते¥हथुमको म्याङलुङ र पाँचथरको फिदिममा एक एक र प्रदेश १ बाहिरका पाँच जनामा आज संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म प्रदेशभर ३० हजार ४९ जना मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये आज प्रदेशभर ३४ जना कोरोनामुक्त भएका छन् । आज संक्रमणमुक्त हुने सबै संक्रमित होम आइसोलेसनमा रहेका थिए । यससँगै प्रदेश १ मा निको हुने संक्रमितको कुल संख्या २९ हजार ३७२ पुगेको छ । हालसम्म प्रदेश १ मा दुई लाख १३ हजार ४८ स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।