इटहरीः छायाँकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन् ।

उनले पछिल्लोपटक निर्देशन गरेका ‘दिलमा फोटा’े बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शव्द रचना र संगीत रहेको छ । रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको सानदार कोरियोग्राफी छ ।

भिडियोमा रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ । भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतिलाई अन स्क्रिन रोमान्स गराएका छन् । गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ । नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन् । उनलाई दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन् ।