इटहरीः पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाब निकै पर्न गयो । देशका धेरै व्यापार ब्यबसाय देखि लिएर फिल्म क्षेत्रमा पनि नकारात्मक असर पर्यो । कुनै पनि फिल्म हलमा प्रदर्शन हुन सकेनन । तर पनि नयाँ नयाँ म्युजिक भिडियोले भने बजारमा राम्रै भाउ कामाउन सफल भयो । बिस्तारै देशमा लकडाउन खुलेसँगै विभिन्न हलहरुमा नया फिल्म लगाउनुर्छ भन्ने फिल्मकर्मीहरुकोे आवाज उठ्यो ।
हलमा दर्शकहरु आउने नआउने भन्ने अन्यौलता समेत भयो, तर माघ १ गतेबाट नेपाली फिल्म ूएउटा यस्तो प्रेम कहानीू देशका बिभिन्न हलहरुमा प्रदर्शन गरियो । चलचित्रका अभिनेता तथा फिल्म निर्माता शिव श्रेष्ठले अब फिल्म उद्योग पनि चलायमान हुनुपर्छ भनेर सरकारसमक्ष पहल गरेपछि हल सञ्चालनमा सरकारले अनुमति दिएको हो । फिल्म प्रदर्शन हुदै गर्दा शिव पुर्व पनि आए । बजारमा चलेका केही हल्ला र फिल्मका बारेमा हामीले कुरा गरेका छौ ।
कुराकानिका दौरानमा उनले डबिङमा समय नदिने कलाकार, कलाकार नै होइनन् भन्नसमेत भ्याए । हुन पनि हो । यो कुरा सिधै वर्षा राउततिर पनि जान्छ । किनकी फिल्ममा वर्षाको अभिनय छ तर उनको आवाज छैन । उनको आवाजको ठाउँमा अरु कसैको आवाज डबिङ गरिएको छ । जस्ले गर्दा उनको अभिनय पनि फितलो त भई नै हाल्या,े यता फिल्मको गुणस्तर पनि घट्यो । केही कलाकारलाई पारिश्रमिक नदिएको समेत हल्ला छ । वर्षा यसैको चपेटामा परेको पनि हुन सक्छ ।
उनको मात्र होइन, फिल्ममा अन्य केही कलाकारहरूको पनि रियल आवाजलाई महसुस गर्न सकिँदैन । केही मिडियामा फिल्म छायांकन सम्पन्न नै नभई प्रदर्शनमा आएको भन्ने कुराहरु आएपछि हामीले त्यो प्रश्न पनि श्रेष्ठलाई गर्दा सो कुरा सिधै अस्वीकार गरे । उनले मिडिया गलत होइन सो कुरा भन्ने मान्छे गलत हो भने । फिल्म हलहरुमा दर्शकसँगै बसेर पूर्वको इटहरी र धरान आएका उनी केही हलहरुमा सँगै बसे तर, न्यून दर्शक । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा च्यारिटी शोको शैली अपनाइएको थियो ।