इटहरीः पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ६६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै संक्रमितको कुल संख्या दुई लाख ६७ हजार तीन सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये आज पाँच जनाले ज्यान गुमाएपछि देशभर मृतक संक्रमितको संख्या एक हजार नौ सय ५९ पुगेको छ । आज देशभरका चार सय सङ्क्रमित निको भएका छन् ।

यससँगै हालसम्म नेपालमा कुल दुई लाख ६१ हजार चार सय ४४ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । हाल देशभर तीन हजार नौ सय १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।