इटहरीः बेलायतबाट फर्किएका तीन जना नेपाली नयाँ प्रकारको कोरोना भाइरस यूके भेरिएन्ट (बी–११७) बाट संक्रमित भएका छन् ।

संक्रमितहरुमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष निको भइसकेका छन् भने एक ६७ वर्षीय पुरुषमा संक्रमण सक्रिय रहेपनि लक्षण नदेखिएको मन्त्रालयको भनाइ छ ।

केही दिनअघि बेलायतबाट नेपाल फर्किएका ६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पुस २७ गते हङकङ पठाइएकोमा सोमध्ये तीन जना संक्रमित देखिएका हुन् । उनीहरुको रिपोर्ट आज पोजिटिभ आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

mutated corona.