इटहरीः पूर्वेली लोक गायक दीपेन्द्र राईको आवाजमा धमाकेदार गीत बजारमा आएको छ नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरु निर्माण गरिएको छ ।

गायक दीपेन्द्र राई “बेल्टार बजार” गीतको अपार सफलतापछि नयाँ गीत “सलल कोसी” गायिका लीला राई सँगको युगल पूर्वेली लोक भाका लिएर आएका छन । पूर्वाञ्चल म्युजिकको प्रस्तुति रहेको यो गीतमा संगीतकार रुद्र श्रेष्ठको संगीत(शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन् । गीतमा पूर्वेली गाउँबँेसीको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ । म्युजिक भिडियोमा सन्ध्या राईसँग गायक दीपेन्द्र राई स्वयमले अभिनय गरेका छन् । साथै गायक रक्षक राई, रुद्र श्रेष्ठ लगायतका कलाकारहरुले साथ दिएका छन् ।

भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तव्य बन्दै गरेको हतुवागढी प्रवेशद्वार माइवेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ, बेणी डाँडा माथिबाट कैद भएका अरुणपारिको सिम्ले, त्रिवेणी धनकुटा, दुधकोसीपारिको मैनामैनी तथा जेट बोट र सलल बगेको अरुण, दुधकोसी, तमोर सबै मिलेर बनेको सप्तकोसी वरपरका दृष्‍यहरु साँच्चिकै मनमोहक देखिएको छ । रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिनेमेटोग्राफर रीकेश बज्रचार्यले सम्पादन गरेका छन् ।