इटहरीः गायक दिल तामाङको म्युजिक भिडियो ’नाचिदेउ वसन्ति’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ’नाचिदेउ वसन्ति’को कभर भिडियो बनाइसक्नुपर्ने समयसीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउनेमध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो ।

यस्तै, गीतको भिडियोले सार्वजनिक भएको दुई हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरेको छ । भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयोलाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको थियो । गीतमा स्वर, डी पी खनालको शब्द र शंकर थापा “स्माइल“को सगीत रहेको छ । गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।