इटहरीः इटहरी २० तरहरामा हिजोबाट आँखाको उपचारसेवा सुचारु भएको छ । सानोतिनो आखाँको समस्याहुदापनि इटहरी सहित अन्यँ स्थानका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै तरहराबाट आँखा उपचार सेवा सुरु गरिएको हो ।


तरहरामा रहेको असहाय महिला कल्याण केन्द्रको सहकार्यमा इटहरीमा रहेको नवदृष्टि आँखा अस्पताल प्रा.लि.ले सेवा सुचारु गरेको हो । एक समारोहका बीच आजबाट उपचार सेवा सुचारु गरीएको हो ।
आँखाको उपचारसेवा सुचारु भएपछी इटहरीको २०, २, ३, १९, १ सहित बक्लौरीबाट समेतका सेवाग्राहीले सेवा लिनसक्ने जनाइएको छ । आँखा अस्पतालका तर्फबाट प्रमुख डा. बिजय गौतमले मानव अंगको संबेदनसिल मानिएको आँखाको उपचारका लागि तरहराबाटै सेवा सुचारु गर्न पाउदा खुसी लागेको र यहीबाट आँखासम्बन्धी उपचार सेवा दिने प्रतिबद्धता जनाए ।

received_168574635038745


शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नम्बर २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले आफ्नै घर आँगनबाट वडाबासी सहित छिमेकी वडाबासीले सेवा पाउनेहुदा एकदमै खुसी लागेको बताए ।
उनले सहकार्य गरी नवदृष्ठि आँखा अस्पतालले यस क्षेत्रका गरिब बिपन्न बिरामीहरुलाई सहुलियत दिनुपर्नेमा पनि जोड दिए । असहाय महिला कल्याण केन्द्रका अध्यक्ष दिनेशचन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तालतलैया संरक्षण तथा बिकास समितिका अध्यक्ष बीरबहादुर लिम्बु, नेपाली कांग्रेस २० नम्बर वडा सभापति बिष्णु खड्का, नेकपा वडा प्रमुख केसर प्रधान लगायतले सेवा निरन्तरताको शुभकामना ब्यक्त गरेका थिए ।