धरानः पोेखरावासी गजलकार प्रकट पंगेनी ‘शिव’ले शनिबार साँझ गजल वाचन गरी धरान र पूर्वी क्षेत्रका साहित्यकारलाई मुग्ध पारेका छन् ।

नौलो किसिमको कार्यक्रम गर्ने उद्देश्यका साथ धरान–१३ ले गठन गरेको कला, साहित्य र संस्कृति प्रतिष्ठानको निम्तोमा पोखरेली गजलकार पंगेनी धरान आएका थिए । करिब डेढ घण्टासम्म उनले यसरी स्रोता र दर्शकलाई मुग्ध पारेः
साँझ थियो, तिमी थियौ, हल्काहल्का मात थियो
जुनेलीको उज्यालोमा, जवानीको बात थियो

prakat pangeni drn (2)

गोर्खा डिपार्टमेन्ट सपिङ मलको हलमा आयोजित कार्यक्रममा प्रकटका प्रणय गजलहरूले धरानलाई गजलमय बनाएका थिए । पंगेनीले हरेक गजल सुनाउनुअघि रचनागर्भ पनि बताउँथे । गजलकार पंगेनीले डेढ दर्जन बढी आफ्ना चर्चित प्रणय गजल सुनाएका थिए ।

दुवै मृगौला फेल भएर डाइलाइसिस गराइरहेका धरानका पत्रकार, कवि तथा रङ्गकर्मी प्रवीण राईको उपचार सहयोगार्थ प्रतिष्ठानले धरानमा प्रकटका प्रणय गजलहरू कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रफुल्ल भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

prakat pangeni drn (4) prakat pangeni drn (1)