इटहरीः गायिका डा. रानी शाक्यले चर्चित गायक प्रमोद खरेलसंगको सहकार्यमा युगल गीत ’चल्यो मायाको बतास’सार्वजनिक गरेकी छन् ।

डान्सिङ शैलीको यस गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका सदाबहार नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको नृत्य र अभिनय रहेको छ । ठुलो पर्दामा नदेखिएको जोडीको म्युजिक भिडियोमा केमिस्ट्री सुहाएको देखिन्छ । गायिका डा. रानी शाक्यको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा हरी उप्रेतीको शब्द र विकाश चौधरीको संगीत रहेको छ भने भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ । यसैगरी, भिडियोलाई पछिल्लो समयका चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यले केही दिनअघि मात्र १० वटा गीतहरु समावेस आफ्नो सांगीतिक एल्बम ’ऐना’ (ब्भलब) लोकार्पण गरेकी थिइन् भने त्योबाहेक उनको अहिलेसम्म ५० वटाभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

 गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पाश्र्व गायनमा समेत आफूलाई अब्बल सावित गरेकी छन् । सांगीतिक एल्वम ’ऐना’को ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिका शाक्यले यही पुस १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड पाएकी थिइन् ।