इटहरीः गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ’लहरोस् चन्द्र सुर्य झण्डा ’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ । गीतमा साहस शाक्यको एरेन्ज रहेको छ । देशप्रेमको भावनाले ओतप्रोत भएको गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर गरिएको छ । गायिका श्रेष्ठले दुःख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएपनि देशको गुन भुल्न नहुने भन्दै गीतमार्फत् सन्देश दिन खोजेको बताइन् ।

अनिल कटवालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोलाई गायिका बुनु श्रेष्ठले निर्देशन गरेकी हुन् । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत् सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।