इटहरीः गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ’दिइसके यो जिवन ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुँदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ । ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी र सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।

दशकाँैदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील गायक तथा संगीतकार एच. बी.सुनारका यसअघि दर्जनाँै गीतहरु सार्वजनिक भइसकेका छन् भने एच. बी. र मञ्जु मिलेर लामो समयदेखि मञ्जरी संगीत पाठशालाको सञ्चालन गर्दै आएका छन् । मञ्जु गायन रियालिटी सो कार्यक्रम सिङ्गिङ स्टारकी जजसमेत हुन् ।