इटहरीः फिल्म निर्देशक राजबहादुर साने निर्देशित टेलिश्रृंखला तथा वेब सिरिज ‘कलेज लभ’ को टे«लर आज सार्वजनिक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रसारण हुने ‘कलेज लभ’ युट्युबमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत् ल्याइने छ ।

सार्वजनीक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम, करिअरप्रतिको चिन्तालगायतका विविध विषय प्रस्तुत गरिएको छ । टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिसिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, विवस थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, विष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

कुमार केसीको प्रस्तुति रहेको टेलिश्रृंखलालाई दिव्य सुवेदी र वीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखकसमेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतिको सोच, शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका विभिन्न विषयलाई मनोरञ्जनात्मक तवरले एकीकृत रुपमा प्रस्तुत हुने दाबी गरेका छन् ।