इटहरीः नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त बन्दै गरेकी मोडल तथा नायिका हुन् प्रमिता राजघतानी ।
मोडलिङ सुरु गरेको छोटो समयमा नै दुई दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनले टेलिसिरियल, व्यापारिक एड तथा चलचित्रमा समेत पाइला टेकेकी छन् । प्रमिता अहिले चलचित्रकर्मीहरुको रोजाइमा समेत परेकी छन् । सिने संसार अर्थात मोडलिङ क्षेत्र अहिलेका युवा युवतिहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै होलान, नाम कमाउने अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफूलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी मोडल नायिका हुन प्रमिता राजघतानी ।
उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागिपरेकी छन् र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छन् । मोडलिङ क्षेत्र हुँदै चलचित्रमा नायिका बनेकी प्रमिताले दर्जनौँ फेसन सोहरुमा आफ्नो कला कौशल प्रदर्शन गरिसकेकी छन् । सुपर नेक्स्ट टप मोडलमा फर्स्ट रनरअपको उपाधिसमेत हात पार्न सफल उनले विभिन्न राष्ट्रिय स्तरमा हुने कार्यक्रममा आफ्नो नृत्य तथा अभिनय प्रस्तुत गरिसकेकी छन् । स्नातक दोस्रो वर्षमा अध्ययनरत मोडल प्रमिता राजघतानी अभिनय तथा नृत्यमा पोख्त हुनुको साथै सुन्दर मुहार र आकर्षक शरीरकी धनि छन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनीप्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखार्दै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन् ।
सिन्धुपाल्चोकमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाएकी मोडल प्रमिता राजघतानी हेर्दा पनि निकै आकर्षक र शालीन स्वभावकी छन् । नयाँ नेपाली चलचित्रमार्फत् नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी मोडल प्रमिता अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मोडल प्रमिता राजघतानी अभिनयमा पोख्त छिन् ।