धरानः अहिले निक्कै नै चर्चित रहेकी गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत ‘आँखा झिमिक्क कति धेरै राम्री हो’ रिलिज गरिएको छ ।

लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतमा शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ । कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।

रमाइलो पाराको गीतलाई चाँडै नै म्युजिक भिडियोको रुपमा समेत ल्याउने संगीतकार तथा गीतकार उत्तम कार्कीले बताए । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलो पटक आफ्नो गीत रेकर्ड गराएका हुन् ।