इटहरीः नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा गएको आफनो लाहुरे प्रेमी लाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ । सुरेश श्रेष्ठको छायाँकन, प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी भिडियोमा देख्न सकिन्छ । ’लाहुरेको झोला ’गीतमा करिष्मा ढकाल र जगत मगरको अभिनय रहेको छ ।