इटहरीः गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा अवस्थामा रहेका प्रेमील जोडीको प्रेमको भावलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ । दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । “चौबन्दी चोली” गीतको भिडियोमा सन्तोष कटुवाल र दीपिका लिम्बूको फिचरिङ भिडियोमा रहेको छ ।