इटहरीः गायिक एलिना चौहान र गायक जनक विवश न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमील जोडीको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ । मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन र अभी वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन् ।’चखेवा जोडी ’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ ।