बिदा नमिलेका कारण घर आउन नपाएका परदेशी जीवन बिताइरहेका २ जना पाठकले पठाउनुभएको दशैं र तिहारसँग सम्बन्धित रचना यहाँ प्रस्तुत गरिएको छ ।
चाडबाड सम्झेर
राजन दाहाल
दशैंमा आयो तिहार आयो, म आउन पाइनँ,
दशकौं बिते मान्यजनबाट, टीका नै लाइनँ
नसम्झे बुबा नसम्झे आमा, चाडबाड आउँदमा,
नसम्झे प्रिया साइतको टीका, निधारमा लाउँदामा
खोइ किन पो आउँछ प्रवासीलाई, यो दशै तिहार,
छोरा र छोरी परिवार सबमा, छ असिम पियार
मेटिन्नँ मेटी छैटीको दिनमा भावीले लेखेको,
विश्वास लाग्ने सुनेको भन्दा, आँखाले देखेको
वास्तवमै जीवन सुख र दुःख, बीचको सङ्गम हो,
परदेशीलाई यो जिन्दगानी, २ दिने रमझम भो
हातका मैला सुनका थैला, लोभ लाग्ने धनको,
मायालुबिना के काम र आखिर यो पापी मनको
सुन्दरहरैंचा–७ मोरङ
हालः प्रवास
...................
मेरो दशै
भरत चापागाईं
वर्षांै भइसक्यो टेलिफोनमै टीका थापी बित्छ मेरो दशैं
सयपत्री र मखमली फूलको आँगनमा मुटु च्यापी बित्छ मेरो दशैं
झिलिमिली झिलिमिली रमझम तिहारमा बहिनीको यादले बित्छ मेरो दशै
बिरानो धर्तीको अँधेरी रातमा सिरानी भिजाई बित्छ मेरो दशैं
सुन्दरहरैंचा– ४ बलिया
हालः परदेशी भूमि