इटहरीः नेपाली कला क्षेत्रको मोह नेपालमा बस्नेलाई मात्र होइन परदेशमा बस्नेलाइ पनि हुने गर्दछ । परदेशमा बस्ने कत्तिले अवसर पाउँछन् भने कतिले इच्छा भए पनि विविध कारणले आफ्नो कला प्रस्तुत गर्न पाएका हुँदैनन् । झापा जिल्लामा जन्मिएर अस्ट्रेलियालाई कर्मथलो बनाएकी निखिला बुढाथोकी एक भाग्यमानीमा पर्दछिन् । उनले अस्ट्रेलियामा बसेर कलाकारितामा फड्को मार्दैछिन् ।

अभिनय,नृत्य कुशलता भएकी अभिनेत्री बुढाथोकी नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्री हुन्। अस्ट्रेलियामा हुने सांस्कृतिक कार्यक्रम,त्यहाँ बन्ने म्युजिक भिडियोको पहिलो रोजाइमा उनि पर्ने गर्दछिन् । विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन ्। उनी अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन् । उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । हलिउड अभिनेत्री सल्मा हायक,बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टेको अभिनयबाट प्रभावित बुढाथोकी नेपालमा भने तृप्ति नाडकर,नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन् । भविष्यमा आफु सफल अभिनेत्रीको रुपमा परिचित भएर स्वदेश तथा बिदेशमा आफ्नो क्षमता देखाउने उनको चाहना रहेको छ ।

उनलाई थुप्रै चलचित्रमा अफरसमेत आइरहेको उनि बताउछिन् । उनले आधा दर्जनजति चलचित्रको स्क्रिप्ट मन नपरेर काम नगरेको पनि उनले बताइन् । उनलाई अस्ट्रेलियामा नै निर्माण भएको चलचित्र ’पर्पला’को कथाले मन छोयो र उनले काम गर्न राजि भइन्,’पर्पला’ अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटना भएकोले पनि उनलाई काम गर्न मन लागेको हो । यो चलचित्रपश्चात् हाल उनी अन्य दुई चलचित्रको स्क्रिप्ट पढ्दै छिन् । मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायाँकन सकिएको छ ।

भानु प्रताप प्रस्तुतकर्ता रहेको चलचित्र ’पर्पला’को अस्ट्रेलियामा नै छायाँकन सकिएको छ । चलचित्रमा रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवि अधिकारी निर्माता रहेका छन् भने सह निर्मातामा शृजना लुहागुन, सरस्वति गौतम र भिम बहादुर रसाइली रहेका छन ्। चलचित्र आरकेस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको छ । कश्मिर डिक्सनको डिओपी रहेको चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन् । चलचित्रमा निखिला बुढाथोकीको साथमा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारीलगायतको अभिनय रहेको छ । छिट्टै चलचित्रको प्रचार सामग्रीहरु सार्वजनिक गरिने प्रस्तुतकर्ता भानु प्रतापले जानकारी दिए ।

image_6483441 nikhila-b Nikhila-budathoki nikhi