मुम्बईः बलिउडका दबंग खान सलमानको अफर अस्वीकार गर्ने सायद कमै होलान् । ती कमैमध्येको लिस्टमा हालै एउटा नयाँ नाम पनि थपिएको छ । हालै सलमानलाई ‘परमवीर’ मन प¥यो र उसलाई आफ्नो बनाउने प्रयास पनि गरे ।

तर, परमवीरका मालिकले सलमानको अफर नकारेका छन् । परमवीर अर्थात सलमानलाई मन परेको कालो घोडा, जुन हावर्स ब्रिर्डस प्रतियोगितामा सलमानले देखेका थिए ।

त्यसपछि सलमानले परमवीरका मालिक रञ्जीत सिंह राठौडसँग परमवीर किन्ने इच्छा व्यक्त गरे । तर, उनले सिधै अस्विकार गरे । हुन त परमवीरलाई यसअघि पनि धेरैले किन्ने इच्छा व्यक्त गरिसकेका छन् । परमवीरको दैनिक १८ सयदेखि दुई हजारसम्म खर्च लाग्दछ ।

यसअघि, सन् २०१८ मा सलमानको यस्तै अफर अस्वीकार गरिएको थियो । सन् २०१८ मा सलमानले सकाब नामक घोडा किन्न खोजेका थिए, त्यो घोडा मालिकले बेच्न मानेनन् । उक्त घोडालाई सलमानले दुई करोडमा बेच्न अफर गरेका थिए ।

सलमानलाई सकाब मनपर्नुको कारण सकाब र अरु दुईवटा गरी त्यो प्रजातिको घोडा संसारभरिमा तीनवटा मात्रै छन् । एउटा क्यानडा र अर्को अमेरिकामा छ । यो घोडा प्रतिघण्टा ४३ किलोमिटरको गतिमा दौडन सक्छ । नवभारत टाइम्सबाट