इटहरीः बेरोजगार युवाहरुलाई सूचना प्रविधिसम्बन्धी सीपमूलक तालिम प्रदान गरी स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले सुनसरीको इटहरीस्थित विराटनगरलाइनमा स्वोनिगा टेक्नोलोजी प्रा.लि.सञ्चालनमा आएको छ ।
काठमाडौँमा लामो समयदेखि सञ्चालनमा रही सयौँ दक्ष जनशक्ति उत्पादन गरिसकेको स्वोनिगाले पूर्वी नेपालमा पहिलो पटक शाखा विस्तार गरी आफ्नो उपस्थिति जनाएको हो । शिक्षित बेरोजगार युवाहरुलाई लक्षित गरी स्थापना गरिएको यस प्रा.लि.ले एसईईदेखि उच्च शिक्षाप्राप्त व्यक्तिहरुलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरी सूचना प्रविधि क्षेत्रमा पृथक पहिचान स्थापित गर्न सहयोग गर्ने प्रा.लि.का सञ्चालक विनोद भगतले बताए । उनका अनुसार भारतका बैँगलोर, हैदरावाद, कलकत्ता, मुम्बईजस्ता ठूला शहरका साथै नेपालको संघीय राजधानी काठमाडौँ गई प्राविधिक शिक्षा लिनुपर्ने बाध्यताबाट विद्यार्थीलाई मुक्त गर्न स्वोनिगाले आफ्नो शाखा उनीहरुलाई पायक पर्ने स्थानमा विस्तार गरेको हो । निकट भविष्यमै मोरङको विराटनगरमा पनि शाखा विस्तार गर्ने आफूहरुको योजना रहेको सञ्चालक भगतको भनाइ छ ।
स्वोनिगा टेक्नोलोजीले आफ्ना विद्यार्थीहरुलाई वेब डिजाइन, ग्राफिक्स डिजाइन, पीएचपी, वर्ड प्रेस, एन्ड्रोइड, ज्याङ्गो, जावा, आईओएस, लारावेल, पाइथन, कम्प्युटर नेटवर्किङ, डिजिटल मार्केटिङजस्ता विविध विधामा दक्ष प्रशिक्षकद्वारा ‘प्रोफेसनल’ तालिम प्रदान गरिरहेको छ । यसैगरी, स्वोनिगाले एथिकल ह्याकिङको तालिम पनि प्रदान गरिरहेको छ, जसले गर्दा साइबर सुरक्षाका क्षेत्रमा यहाँका विद्यार्थीहरुले अहम भूमिका निर्वाह गर्न सक्छन् । इन्टरनेटमा रहेका महत्वपूर्ण विद्युतीय तथ्याङ्क (डेटा) को अनाधिकृत प्रयोग हुनबाट बचाई व्यक्तिगत तथा कार्यालय गोपनीयता कायम गराउने जिम्मेवारी एथिकल ह्याकरहरुले निर्वाह गर्दछन् । सीपमूलक तालिमका अतिरिक्त स्वोनिगा सफ्टवेयर निर्माणको क्षेत्रमा पनि सक्रिय रहेको छ ।
हालसम्म एन्ड्रोइड र आईओएस सिस्टममा आधारित विभिन्न मोबाइल एप तथा कम्प्युटर सफ्टवेयरको निर्माण गरी विभिन्न काममा प्रयोगमा ल्याइसकेको सञ्चालक भगत बताउँछन् । स्वोनिगामा अध्ययनका लागि आउने प्रत्येक विद्यार्थीलाई आफ्नै तर्फबाट तीन लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका प्रयोगात्मक सामग्री तथा विद्युतीय पुस्तक (ई बुक) का सोर्स कोडसमेत निःशुल्क प्रदान गरिने उनको भनाइ छ । यस संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई इन्टरप्रेनरसीप ट्रेनिङमार्फत् आईटी बिजनेसमा संलग्न भई सूचना प्रविधिको प्रयोगबाट मनग्य आर्थिक उपार्जनको उपायको जानकारीसमेत प्रदान गरिने संस्थाले जनाएको छ ।
देशभरका प्रत्येक सामुदायिक तथा निजी विद्यालयमा कम्तिमा एक जना सूचना प्रविधिका विषय शिक्षकको पहुँच पुर्याउने दीर्घकालीन लक्ष्यका साथ संस्था कृयाशील रहेको सञ्चालक भगतले जानकारी दिए । कागजी प्रमाणपत्रभन्दा व्यवहारिक सीपयुक्त जनशक्तिको उत्पादन र प्रवद्र्धनमार्फत् सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गरी देशलाई परिवर्तनको मार्गमा अग्रसर गराउने महत्वाकांक्षी लक्ष्यका साथ स्वोनिगा टेक्नोलोजीको कदम निरन्तर अगाडि बढिरहेको भगतको कथन छ ।
फोटो फिचरः