इटहरीः नेपाली रंगमञ्चमा संगीत र फिल्मलाई लिएर वर्षेनी दर्जनौं अवार्ड समारोहहरु आयोजना हुने गरेको छ ।

कतिपय अवार्डहरु विवादमा तानिएका छन् भने कतिपय अवार्डहरु आफ्नै ब्राण्डका कारण आयोजना भइरहेका छन् । तुल्सी मिडियाले भने नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी चैत्र १४ गते शनिवार अवार्डको भव्य समारोह राजधानीमा गरिने गरी तयारी सुरु भएको बताएका छन् । अवार्डमा ३९ वटा विधा समावेस गरिएको छ । जसमा लोक, पप, आधुनिक र फिल्मअन्तर्गत छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेस छन् ।

यस्त,ै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नवगायक, नवगायिका, नवनायक र नवनायिका समावेस छ । यस्त,ै प्राविधिकतर्फका विधाअन्तर्गत छायाँकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेस छ । यस्तै पपुलर विधाअन्र्तगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् । पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङसमेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिनेछ । यहि फागुन ३ गतेबाट फाल्गुन २१ सम्मको लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ ।

निःशुल्क फर्मको लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधिमार्फत् पनि फर्म भर्न सकिने जनाएको छ । नेपाल बेष्ट म्युजिक अवार्डको लागि तीन जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने बताइएको छ ।

डिजिटल फर्म भर्नको लागि लिंक-

https://docs.google.com/forms/d/1YElsw8WVcS7X1Idz9hXjMBh4i4U8RrRPKWgSAju4Ass/