इटहरीः गायिका रानी शाक्य फेरि एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ’सुनसान मन’ लिएर प्रस्तुत हुनु भएकी छन् ।

निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले लेखेका अर्थपूर्ण शब्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाएकी छन् । धेरैवटा चलचित्र निर्देशन गरिसकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

कार्य व्यस्तताका कारण साहित्यिक माहौलबाट टाढिएपछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्द रचनासहित ’सुनसान मन’ लिएर फेरि साहित्यिक सिर्जनामा फर्किएका छन् । कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुहसँग आवद्ध भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय थिए । हाल उनी गीत लेखनमा सक्रिय भएका छन् । उनले लेखेको अर्को रमाइलो गीत “सल्लाघारी“ रिलिजको तयारीमा छ । ओम कर्माचार्यको नै संगीतमा गायिका रानी शाक्यले आफ्नो पहिलो गीत “फेरि आज एकान्तमा“ रेकर्ड गराएकी थिइन् । जसको रचना लक्ष्मी श्रेष्ठले गरेकी थिइन् । काठमाण्डौ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्वर हुमागाईँ, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्सन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र संयोजन हरिष खनालले गरेका हुन् ।