४३ दिनमा सकियो ऋषिराजको ‘चुरीफुरी’

  • फाल्गुन ९, २०७७
  • ७८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् ।

आरबी मुभीजको ब्यानरमा रबिन्द्र झा,अभिषेक श्रेष्ठ,पूजा पन्त, राजीवजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय गरेको फिल्म राहुल राईले खिचेका हुन् । निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । सहनिर्मातामा भने बिमला भुसाल, राजेन्द्र खाति र शिव थापा छन् ।

दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मका कला निर्देशक विजय आचार्य छन् । कथाको माग अनुरुप नै फिल्ममा नयाँ तथा हास्यब्यङ्ग्य क्षेत्रका कलाकारको बाहुल्य रहेको निर्देशक आचार्य बताउँछन् । चर्चित मोडल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् । नवप्रतिभाहरु अडिसनमार्फत् छनौट गरिएको बताउदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए् ।

प्रतिक्रिया दिनुहोस

इटहरीमा ३९ पिन्ट रगत संकलन

इटहरीः लायन्स क्लब अफ पचरुखी र पचरुखी युवा क्लबको संयुक्त आयोजनामा इटहरी ५ पचरुखी चौकमा भएको रक्तदान ...

इटहरीमा विकासको लहरः आफ्नै वडा कार्यालयदेखि आधारभूत स्वास्थ्य चौकी वडा–वडामा

इटहरीः इटहरी उपमहानगरपालिका विकासको काममा ‘कुहिरोमा हराएको काग’ जस्तै भएको सर्वत्र आलोचन ...

पोखरामा आन्तरिक पर्यटकको आवागमनमा वृद्धि

पोखराः आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लाम ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved