इटहरीः मोरङको विराटनगर महानगरपालिका ११ का चार दर्जनभन्दा बढी आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।

शान्ति युवा क्लबका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का प्रचण्ड माधव पक्षीय मोरङ जिल्ला कार्यालय सदस्य विपुुल चौधरीको अगुवाइमा वितरण गरिएको शैक्षिक सामग्री अरनिको आवासीय विद्यालयले सहयोगस्वरुप उपलब्ध गराएको थियो । शैक्षिक सामग्री वितरणका लागि आयोजित कार्यक्रमको सभापतित्व विपुल चौधरीले नै गरेका थिए भने प्रमुख अतिथि (अनेरास्ववियु) कै प्रचार विभाग प्रमुख अभिमन्यु यादव रहेका थिए ।

अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय पूर्वी जिल्ला सहसंयोजक अमर मण्डललगायतका अतिथिहरु सहभागी कार्यक्रममा विभिन्न बौद्धिक तथा सामाजिक व्यक्तित्व तथा स्थानीयवासीको उपस्थिति रहेको प्रमुख अतिथि यादवले जानकारी दिए ।

samagri bitaran3. samagri bitaran2.